काठमाडाैं । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा बिहीबार देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् । धार्मिक परम्परा अनुसार साेही दिन तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिन राखिएको दलबाट उम्रिएका बिरुवालाई करिब एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठमा सार्ने प्रचलन…