Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


देशैभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो


13
Shares

काठमाडाैं । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा बिहीबार देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् ।

धार्मिक परम्परा अनुसार साेही दिन तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिन राखिएको दलबाट उम्रिएका बिरुवालाई करिब एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठमा सार्ने प्रचलन रहेको हाे ।

हिन्दु संस्कृतिमा तुलसीलाई अत्यन्त पवित्र एवं औषधीय गुणयुक्त वनस्पतिका रूपमा पुजिने गरिन्छ । यस दिन घरको मठमा बीउ राखी भगवान विष्णुको आराधना गर्ने र विशेष व्रत बस्ने धार्मिक महत्त्व समेत रहेको हाे ।