Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


२५ सय १९ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा १९ लाख ३१ हजार राजस्व संकलन

26
Shares

काठमाडाैं । ट्राफिक प्रहरीले गत २४ घण्टामा २ हजार ५ सय १९ जना सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १९ लाख ३१ हजार ५ सय २ राजस्व संकलन भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६३, सङ्केत बत्ती उल्लङ्घनकर्ता ९९ र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय १५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएकाे छ।

त्यसैगरी, लेन’ अनुशासन पालना नगर्ने १ सय ९, निषेधित क्षेत्रमा हर्न बजाउने एक सय , लागूपदार्थ सेवन गर सवारीसाधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ८ सय १९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।