Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


प्रहरी प्रधान कार्यालयमै कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित प्रहरीको संख्या १८४

काठमाडौं, साउन १३ । नेपाल प्रहरीको मुख्यालय नक्सालमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सञ्चारमाध्यमलाई जानकारी दिनुभयो । संक्रमित मध्ये प्रहरी प्रधान कार्यालयमा कार्यरत चालक, मेकानिक्स र मेसमा कार्यरतहरु रहेको…