काठमाडौं, साउन १२ । जनता समाजवादी पार्टीकी तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता गिरीको स्थानमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा लीला सिटौला निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसमा गिरीको स्थानमा रिक्त रहेको सांसद पदमा सिटौलालाई निर्वाचित गरेको घोषणा गरेको हो । समानुपातिकतर्फबाट निर्वाचित सांसद गिरीलाई पार्टीको ‘ह्विप’ उल्लंघन गरेको भन्दै जनता समाजवादी…