
चितवन । पहिरोले राजमार्ग अवरुद्ध भएपछि मुग्लिङ नारायणगढ सडकखण्डमा दुई तर्फ सवारी रोकिएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका– ८ को चोरखोलामा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको छ ।
आज बिहान ८ बजे खसेको पहिरोले कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउने कार्य भइरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्