औषधि विभागले गर्‍यो यी स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन • Image Khabar Image Khabar


औषधि विभागले गर्‍यो यी स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन


Imagekhabar
२७ भाद्र २०७७, शनिबार १३:३५

syanitizer contaminated drug department action

काठमाडौं, भदौं २७ । विषाक्त रसायन प्रयोग गरेको फेला पारेपछि औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ ।

ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको विभागले जनाएको छ ।

सार्वजनिक सूचना निकालेरै विभागले मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणसँग अपील गरेको छ ।

स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक लगाएको सूचनामा उल्लेख छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो ।

विषाक्त रसायन प्रयोग गरी स्यानिटाइजर बनाउनेमा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल छन् ।

यसैगरी, काठमाडौंकै आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

औषधि विभागले गर्‍यो यी स्यानिटाइजर कम्पनीलाई कार्वाही, भेटियो विषाक्त रसायन
प्रतिक्रिया दिनुहोस्