काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएकाे…