Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


आगामी वर्षमा वन डढेलोका घटना कम हुने वन सचिव शर्माकाे दावी

क्षतिलाई न्यूनिकरण गर्न चनाखो भएर लाग्नुपर्नेमा पर्नेमा जाेड

208
Shares

काठमाडाैं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताउनुभएको छ ।

काठमाडौंमा साेमबार आयोजित वन डढेलो सम्बन्धि कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट पार्नुभयो । हिउँदे वर्षातले वनमा रहेका पातपतिंगरहरु कुहिने भएकाले पनि प्राकृतिक रुपमा पनि वनमा डढेलो लाग्ने सम्भावना कम देखिएको उहाँको तर्क छ। सचिव शर्माले आगलागीको आकस्मिक घटनाबाट हुने क्षतिलाई न्यूनिकरण गर्न चनाखो भएर लाग्नुपर्नेमा पर्नेमा जाेड दिनुभएकाे हाे ।

सचिव शर्माले वन डढेलोका सम्बन्धिमा विस्तृत रुपमा जनचेतना फैल्याउन पनि यस क्षेत्रमा बढी अनुसन्धानको काम आवश्यक रहेको पनि बताउनुभयो ।