काठमाडौं, मंसिर २८ । सभामुख अग्नि सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताउनु भएको छ । १४ औं संसद सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहांले संवैधानिक बाध्यता अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान गर्नु पर्ने भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनुभयो । सभामुख सापकोटाले अबको…