Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकी राजदूत बेरीले भेटे देउवा र ‘प्रचण्ड’लाई


0
Shares

काठमाडौं । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी पछि राजनीतिक दलका नेताहरु भेटन अर्का शक्तिशाली राष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सक्रिय देखिनु भएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेसँगै बेरीको सक्रियता बढेको हो ।

बेरीले सोमबार काँग्रेस सभापति शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभएको छ । देउवा र प्रचण्डसँग भएको भेटमा बेरीले बाइडेन प्रशासनका विश्वव्यापी प्राथमिकता, लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन, महिला र बालिकाहरूको अधिकारको प्रवर्द्धनलगायत विषयमा कुरा भएको अमेरिकी दूतावासले जनाएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राजदूत बेरीले भेटवार्ता गर्नुभएको थियो ।