काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ । समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताउनुभएको हो । सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरु पालना गर्नुपर्ने…