तीन करोड ठगीमा स्कूल सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ • Image Khabar Image Khabar


तीन करोड ठगीमा स्कूल सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ


Imagekhabar
११ माघ २०७७, आईतवार १२:४६

तीन करोड ठगीमा स्कूल सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ

काठमाडौं । तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ ।

उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले बताउनुभयो ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टको भनाइ छ ।

उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी हिजो पक्राउ गरिएको हो । उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्