प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे • Image Khabar Image Khabar


प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे


Imagekhabar
१२ माघ २०७७, सोमबार १९:२१

प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार पनि अदालतको अवहेलनाको निवेदन पेश भएको छ ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेर प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता न्यौपानेले सर्वोच्चमा निवेदन पेश गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधान, कानुन र पदीय मर्यादा विपरित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लगायतलाई अशिष्ट भाषा प्रयोग गरेको भन्दै प्रधानमन्त्रीलाई अवहेलनामा कारबाही चलाइ हदैसम्मको सजाय गरिपाउँ पनि निवेदन पेश भएको छ ।

हिजो वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन पेश गर्नुभएको थियो । दुवै रिट निवेदन दर्ताको प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस्