काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको दोस्रो चरणको पहिलो खोप संघीय संसदका सांसदहरुलाई दिने निर्णय गरेको छ । २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तालिका भए पनि सांसदहरुलाई १९ गतेदेखि नै खोप दिइने भएको हो । १९ गतेदेखि खोप लागाउनेमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा संसद सचिवालयका कर्मचारी गरी जम्मा १ हजार ५…