Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेत्रविक्रम चन्दसँग छिट्टै वार्ताः प्रधानमन्त्री ओली


0
Shares

kp oli ncp

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग छिटै वार्ता गरिने दावी गर्नुभएको छ ।

झापामा औद्योगिक पार्क शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा सृजित समस्या छिटै समाधान गर्न वार्ताको तयारी भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ ।’

विश्व शान्तिको सूचकमा नेपालको स्थान सुध्रिएर दक्षिण एशियामै पहिलो देश बनेको भन्दै उहाँले मुलुकमा देशमा विकासको अभूतपूर्व लहर चलेको पनि सुनाउनुभयो ।

नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नुपर्ने भन्दै उहाँले औद्योगिक पार्कले नेपालको व्यापार घाटा कम गर्न सघाउने बताउनुभयो ।

Skip This