काठमाडौं । महिला अधिकारकर्मीहरूले कानुन कार्यान्वयन मापनमा विशेष पहल गर्न सांसदहरूलाई सुझाव दिएका छन् । संघीय संसद सचिवालयले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्र्दभमा सोमबार सिंहदरबारमा गरेको कार्यक्रममा अधिकारकर्मीहरूले कानुन कार्यान्वयनमा सांसदहरूले विशेष चासो देखाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सहभागी महिला अधिकारकर्मी एंव संचारकर्मीले सरकारी निकायले अझै पनि पीडित महिलाको उजुरी लिन नमान्ने, सम्पत्तिमाथिको हक…