पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य • Image Khabar Image Khabar


पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य


Imagekhabar
१६ फाल्गुन २०७७, आईतवार १६:२०

पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद : मेयर शाक्य

काठमाडौं, फागुन १६ । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताउनुभएको छ ।

आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरण शिलान्यास कार्यक्रममा मेयर शाक्यले पुनर्निर्माणमा विवाद निम्तनुमा विभाग दोषी रहेको आरोप लगाउनुभयो ।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद देखिएको उहाँको जिकिर छ ।

मेयर शाक्यले पुरातत्व विभागले यसरी नै काम गर्दै गए कारबाही गर्ने चेतावनी दिनुभयो ।

महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

मेयर शाक्यले हनुमानढोकाभित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको भन्दै विभागले खाली नगराए स्थानीय बासिन्दा र नगरपालिका मिलेर कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताउनुभयो ।

उहाँले प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भूकम्पबाट क्षति भएका सबै सम्पदाहरुलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्