खाने हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी ? • Image Khabar Image Khabar


खाने हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी ?


Imagekhabar
१६ फाल्गुन २०७७, आईतवार १७:२०

खाने हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी ?

एजेन्सी, फागनु १६ । बिरयानी भारतीय भान्साको लोकप्रिय खाना । बिरयानी भारतमा मात्र होइन, संसारभर नै भारतीय परिकारका रुपमा रेष्टुरेन्टहरुमा राखिएको हुन्छ ।

मीठो स्वादमा बिरयानी खाए पनि सुन नै राखेको बिरयानी पनि खान पाइने भनेको सुन्दा भने आश्चर्य लाग्ने विषय हो । तर दुबईस्थित एक रेष्टुरेन्टले भने २३ क्यारेट सुनको प्रयोग गरेरै संसारकै सबैभन्दा महँगो बिरयानी बजारमा ल्याएको छ ।

दुबईको बम्बे बोरो रेष्टुरेन्टमा द रोयल गोल्ड बिरयानी नाम दिइएको उक्त बिरयानी खान चाहनेले पैसा पनि मनग्गे तिनुपर्नेछ । जसको मूल्य भने नेपाली ३२ हजारभन्दा बढी पर्दछ ।

खानयोग्य गरी २३ क्यारेटको सुन प्रयोग गरिएको बिरयानी सुनकै थालमा खान पाइने पनि जनाइएको छ । जसमा गोल्फ लिफ कबाब, कश्मिरी कबाब, पुरानो दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगल कोफ्ता तथा मलाई चिकेन कस्तुरी तथा केशर तरकारीसहित तयार पारिन्छ ।

चटनी तथा ससमा बदाम तथा अनारको राइता, निहारी तथा जोधपुरी अचार समावेश गरिएको बिरयानीका सबै परिकार सुनको प्लेटमा सजाएर त्यसमाथि २३ क्यारेटको सुनको पत्र हालिन्छ ।

एक प्लेटको ३ किलो वजन हुने बिरयानी छोपिएको सुनको पत्र पनि खान मिल्ने बताइएको छ । रेष्टुरेन्ट स्थापनाको पहिलो वर्षगाँठको अवसरबाट सुनको बिरयानीलाई मेनूमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्