काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो । प्रतिष्ठानमा अहिले चलिरहेको आन्दोलनकारीका मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने उहाँको…