आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन, गद्दारीको आरोप « Image Khabar


आफ्नै निर्वाचन क्षेत्रमा माधवकुमार नेपालको पुत्ला दहन, गद्दारीको आरोप


Imagekhabar
४ श्रावण २०७८, सोमबार १८:५१

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरिएको छ ।

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा राष्ट्रिय युवासंघ नेपालले पार्टीको विरुद्धमा लागेको भन्दै नेता नेपालको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।

प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताउनुभयो । उहाँले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भएको बताउनुभयो ।

‘हामीले माधव नेपालको घरअघिबाट उहाँलाई चेतावनी दिएका छौं,’ सदस्य चौलागाईंले भन्नुभयो, ‘गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवासंघ नेपाल जन्मिसकेको छ ।’

सूर्य चिन्हबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्टा भएको समेत सदस्य चौलागाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्