Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


देउवालाई विश्वासको मत दिएर नेताहरूले अक्षम्य अपराध गरे– ईश्वर पोखरेल


0
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरूले अक्षम्य अपराध गरेको टिप्पणी गर्नुभएको छ ।

आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताउनुभयो ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै उहाँले पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो ।