काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गर्नुभएको हो। अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि उपस्थित हुनुहुन्थ्यो । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई…