काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार काठमाडौंमा रहेका खोप केन्द्रहरुको निरीक्षण गर्न जाने हुनुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धि जानकारी दिएको हो । सोमबार साउन ४ गतेबाट अमेरिकाले अनुदानमा दिएको कोरोना भाइरसविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै छ । प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,…