
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वासको मतको प्रस्ताव लैजानुभएको छ ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्