अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण, श्वासबाट सर्ने « Image Khabar


अमेरिकामा मंकीपक्स भाइरसको संक्रमण, श्वासबाट सर्ने



एजेन्सी । कोराना भाइरसको महामारीकाबीच मंकीपक्स भाइरस देखा परे पछि अमेरिकी बैज्ञानिहरु चिन्तित भएका छन् ।

नाइजेरियाको भ्रमणबाट हालै टेक्सस फर्केका अमेरिकी नागरिकमा मंकीपक्स भाइरस देखा परेपछी अनुसन्धान थालिएको छ ।

ती ब्यक्तिको शरीर भरी मासुको फोका अर्थात मुसाको लक्षण देखा परेपछि अनुसन्धान थालिएको हो ।

कोरोना संक्रमित ती ब्यक्ति संक्रमण मुक्त भएपछि टेक्सस फर्केका थिए । कोराना संक्रमित जनावरको सम्पर्कमा आएका ब्यक्तिमा सर्ने सो रोगले ग्रसित ती ब्यक्तिलाई अस्पताल भर्ना गरिएको छ भने उनको कन्ट्रयाक्ट ट्रेसिङमा पर्नेहरुको खोजी जारी छ ।

प्रारम्भिक अनुसन्धान अनुसार मंकीपक्सबाट संक्रमित ब्यक्तिको श्वासबाट नै अर्को ब्यक्तिमा यो रोग सर्ने गरेको पाइएको छ ।

यसअघि यो रोग सन् १९७० मा पहिलो पटक कंगोमा फेला परेको थियो जसका कारण एक सय भन्दा बढी पिडीत भएका थिए ।

सन् २०१८ मा नाइजेरियाको भ्रमणबाट फर्केका ३ जना बेलायती नागरिकमा पनि यो रोग देखा परेको थियो ।