काठमाडौं, कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी–साधनमा भाडादरको विवरण नटाँस्ने सवारीलाई कारबाही गर्ने भएको छ । महाशाखाले शुक्रबार (हिजो)देखि अभियानकै रुपमा थालनी गरी ४२९ ओटा सवारी–साधनहरुमा भाडादरको विवरण टाँस्न लगाएको र शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिएको जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारी–साधनले नियमविपरीत चर्को भाडा…