मुद्दा दर्तापछि पूर्वसांसद गुप्ता फरार • Image Khabar Image Khabar


मुद्दा दर्तापछि पूर्वसांसद गुप्ता फरार


इमेजखबर
१४ कार्तिक २०७७, शुक्रबार १७:५३

मुद्दा दर्तापछि पूर्वसांसद गुप्ता फरार

पर्सा, कात्तिक १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वसांसद राजकुमार गुप्ता पर्सा जिल्लाबाट फरार भएका छन् ।

नेकपा पर्साको बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसिया हत्याको मुख्य आरोपीको रुपमा मुद्दा दर्ता भएसँगै गुप्ता फरार भएका हुन् ।

चौरसियाको परिवारले गुप्ताकै योजनामा सो घटना घटाइएको भन्दै उनीसहित १२ जनाविरुद्ध बिहीबार मुद्दा दर्ता गराएको थियो ।

कात्तिक ६ गते नेकपाको बिन्दबासिनी गाउँपालिकामा भएको शपथग्रहण कार्यक्रममा पार्टीकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यता, गुप्ताको घरबाट पक्राउ परेका उत्तम तिवारी र चिन्टु तिवारी नारायणी अस्पतालबाट फरार रहेको प्रहरीले जानकारी गराएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्