Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


भाडादरको विवरण नटाँस्ने सवारी कारबाहीमा


0
Shares

काठमाडौं, कात्तिक १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी–साधनमा भाडादरको विवरण नटाँस्ने सवारीलाई कारबाही गर्ने भएको छ ।

महाशाखाले शुक्रबार (हिजो)देखि अभियानकै रुपमा थालनी गरी ४२९ ओटा सवारी–साधनहरुमा भाडादरको विवरण टाँस्न लगाएको र शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक सवारी–साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै थाहा पाइ ठगिनबाट रोक्नका लागि सवारी–साधनमा अनिवार्यरुपमा भाडादर राख्न कडाइ गरिएको बताउनुभयो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले यात्रुवाहक सवारी–साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखेपनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेकाले काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको जानकारी गराउनुभयो ।