पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल लगाएका थिए । मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो…