काठमाडौं, असार ३१ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा बाहिरबाट अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ…