सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु « Image Khabar


सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु


Imagekhabar
३१ असार २०७८, बिहीबार १४:५५

काठमाडौं, असार ३१ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । बिहीबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गर्ने बुझिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गत सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि मंगलबार बसेको पहिलो बैठकले आगामी चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्