काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको…