बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा डा.महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण « Image Khabar


बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा डा.महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले बाढी पहिराे पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई भेटेर उहाँले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

आफूसँगको भेटमा जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरेको उहाँको भनाइ छ । डा.महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।