दाङमा बाढीले बोलेरो जीप बगायो « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


दाङमा बाढीले बोलेरो जीप बगायो


0
Shares

दाङ । गएराति दाङको देउखुरीमा बाढीले बोलेरो जीप बगाएको छ । गढवा गाउँपालिका वडा २ खौरा खोलाले बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो ।

उक्त जिपमा पाँच जना सवार रहेपनि मानविय क्षति भने भएको छैन । गढवाबाट पोखरातर्फ जान लागेको जिप बाढीले बगाएको प्रहरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीका बीचमा एउटा बस दूर्घटनामा परेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस सडक किनारामा पल्टिएको भए पनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । बसमा चालक र सहचालक मात्रै रहेका थिए ।