काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
सरकारले आफूलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेपछि कार्कीले उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।
सरकारले बुधबार (कात्तिक १८) आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरिएको छ।
कार्कीलाई आईजीपीबाट हटाउने विषयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो। तर, सरकारले आकस्मिक रूपमा नेतृत्व परिवर्तन गरेपछि प्रहरी संगठनभित्र र राजनीतिक वृत्तमा समेत चासो बढेको छ।
सरकारको निर्णयलाई अस्वीकार गर्दै कार्की कानुनी उपचारका लागि सर्वोच्च पुगेका हुन्। उनले सरकारको निर्णय कानुनसम्मत नभएको जिकिरसहित न्यायिक हस्तक्षेपको माग गरेका छन्।









प्रतिक्रिया दिनुहोस्