काठमाडौं, कात्तिक ३ । सरकारले हालै आएको बाढी पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर…