काठमाडौं । हज समितिका अध्यक्ष शमशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुले गृह मन्त्रालयमा उजुरी दर्ता गराएका छन् । गृह मन्त्रालयमा उजुरी दर्ता गराएका समितिका सदस्यहरुले मंगलबार मुस्लिम आयोगमा समेत ध्यानाकर्षण गराएका छन् । मुस्लिम आयोगमा पुगेका सदस्यहरुले अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । हज समितिका सदस्य नजीबुल्लाह अन्सारीले…