यसरी गरिँदैछ कक्षा–१२ को परीक्षा « Image Khabar


यसरी गरिँदैछ कक्षा–१२ को परीक्षा


दीपक श्रेष्ठ (इमेज)
९ मंसिर २०७७, मंगलवार १४:२२

काठमाडौं, मंसिर ९ । कोरोनाभाइरस महामारी र ‘लकडाउन’का कारण गत वैशाखमा रोकिएको कक्षा–१२ को परीक्षा मंगलबारबाट सुरु भएको छ । परीक्षामा देशभरका चार लाखभन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।

परीक्षा समय बढीमा साढे एक घन्टाको हुने र देशभरका चार हजार १०५ विद्यालयमा परीक्षा केन्द्र राखिएको छ भने परीक्षा केन्द्रले भौतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गरेको छ ।

संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा परीक्षार्थीकोे ज्वरो परीक्षण गरिएको छ । परीक्षार्थीहरूले मास्क र फेस सिल्ड अनिवार्यरूपमा लगाउनुपर्छ ।

लामो समयदेखि रोकिएको परीक्षा दिन पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।

परीक्षाका क्रममा एउटा कोठामा दुई मिटरको दूरी कायम गरी बढीमा २० जनासम्ममात्र राख्न पाइने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको निर्देशनअनुसार नै परीक्षा सञ्चालन गरिएको परीक्षा केन्द्र काठमाडौंस्थित एनआईसी कलेजका प्रिन्सिपल डा. इन्द्रबहादुर मल्ल बताउनुहुन्छ ।

केन्द्राध्यक्ष र निरीक्षकलेसमेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा सुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्थासमेत गरिएको छ ।

प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै ‘कोड’को व्यवस्था गरेको बोर्डले जनाएको छ ।

भिडियो हेर्नुहोस्

भिडियोः देवेन्द्र महर्जन ।
प्रतिक्रिया दिनुहोस्