काठमाडौं । खेल सुरु भएको ६ सेकेन्डमा गोल गर्दै एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन । आइतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन । पोर्चुगलका २१ वर्षिया फरवार्डले हकन काल्होग्लुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए…