संवैधानिक परिषदद्वारा प्रेम राई अख्तियार प्रमुखमा सिफारिश « Image Khabar


संवैधानिक परिषदद्वारा प्रेम राई अख्तियार प्रमुखमा सिफारिश


Imagekhabar
५ पुष २०७७, आईतवार १५:२५

prem rai in akhtiyar

काठमाडौं, पुष ५ । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिश गरेको छ ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी गराई मंसिर ३० गते परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतमा बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिश गरेको हो ।

गोप्य राखिएको उक्त निर्णयसम्बन्धि पत्र संसदीय सुनुवाईका लागि भन्दै संसद सचिवालयमा पुगेको हो । तर संवैधानिक परिषदले सिफारिश गरेको पत्र संसदमा दर्ता हुँदा नहुँदै प्रधानमन्त्री ओलीले संसद ने भंग गरिदिनुभएको छ ।

अब संसद विघटनको निर्णय अदालत पुगेन वा पुगे पनि विघटनकै पक्षमा निर्णय आएमा राई संसदीय सुनुवाई बिनै ४५ दिनपछि आयोगमा नियुक्त हुनुहुनेछ ।

राईसँगै संवैधानिक निकायका अरु केही पदमा पनि सिफारिश गरिएको परिषदका सदस्य राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनाउनुभएको छ ।

यद्यपि, मंसिर ३० गतेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटासमेत अनुपस्थित हुनुहुन्थ्यो ।

उत्त दिनको बैठकमा ओलीका अतिरिक्त तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्