सुनसरी । सेवाग्राहीसंग घुस लिएको रकमसहित जिल्ला वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु साह श्रीमतीसहित पक्राउ परेका छन् । सेवाग्राहीसंग लिएको घुस रकम सहित उनलाई सुनसरीको कोसी गाँउपालिका स्थित पूर्व पश्चिम राजमार्गबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । अख्तियारको टोलीले वनकार्यालय प्रमखसंगै उनकी श्रीमती किरण साहलाई पनि नियन्त्रणमा लिएको हो ।…