संसद फिर्ता ल्याउँछौं : पूर्वमन्त्री भुसाल « Image Khabar


संसद फिर्ता ल्याउँछौं : पूर्वमन्त्री भुसाल


Imagekhabar
१३ पुष २०७७, सोमबार १५:१४

नवलपरासी, पुस १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव पूर्व कृषिमन्त्री घनश्याम भुसालले रैतीले खोसेर लगेको संसद् फिर्ता ल्याएरै छाड्ने दाबी गर्नु भएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा भुसालले रैतीहरुले संसद् विघटन गरेको आरोप लगाउनु भएको हो ।

कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास कोट्याउँदै उहाँले राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरे झै अब रैतीले लगेको संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने बताउनुभयो ।

दाहाल–नेपाल समूहका नेता रहेका भुसालले संसद् पुनस्र्थापनाको आन्दोलनमा नेपाली कांग्रेस आउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्