काठमाडौं । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायालेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयबासी बसाइँ नसर्दै प्रहरी चिसो छल्न छांगरु झरेको हो । हिमपातका कारण अत्यधिक जाडो बढेपछि प्रहरी छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी नीतिकुण्डमै बसेका छन् ।…