काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभएको छ । बिहीबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको पछि हिँडेर प्रतिक्रियावादी र दक्षिणपन्थीविरुद्ध लड्ने भनेर मजाक गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसको पछि हिड्नुछ, अझ दक्षिणपन्थविरुद्ध लड्ने रे ?’ ओलीले आफूले गरेको राजनीति देश र जनताप्रति समर्पित…