संविधान रक्षाका लागि गठबन्धन : कृष्णबहादुर महरा « Image Khabar


संविधान रक्षाका लागि गठबन्धन : कृष्णबहादुर महरा


377
Shares

दाङ, पुस २९ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच गठबन्धन मुलुकको स्वाधिनता र संविधान रक्षाका लागि भएको बताउनुभएको छ ।

यो गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने बताउनुभयो । नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को कार्यालय शुभारम्भ गर्दै महराले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न खोजिरहेको आरोप लगाउनुभयो ।

महराले गठबन्धन माथिको त्यो षडयन्त्र परास्त गर्दै सत्तारुढ पाँच दल मुलुककोस्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको बताउनुभयो ।

एमसीसी पास गर्न प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन टुटाउने र फुटाउने अनेकौं षडयन्त्र रचेकाले त्यो प्रतिगमनकारीहरुको षडयन्त्र कदापी सफल नहुने महराको भनाई छ ।