काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका…