चितवन । धुर्मुससुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै फाउण्डेशनले कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक र भौतिक प्रतिवेदन भरतपुर महानगरलाई बुझाइएको जनाएको छ । बुझाइएको प्रतिवेदनमध्ये भौतिक प्रतिवेदनको मूल्याङ्कन सकिन लागेको र आर्थिक प्रतिवेदनको पनि मूल्याङ्कन भइरहेको भनिएको छ । फाउन्डेसनको…