काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को माग सम्बोधन गर्न नसक्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्री कोइरालाले माधव नेपालसहितका १४ जना सांसदलाई पदमुक्त गराउने एमालेको माग सभामुखले सम्बोधन नगर्न नसक्ने बताउनुभयो । अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका…