२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


बागमतीलाई पराजित गर्दै पुलिस फाइनलमा


169
Shares

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो ।

पुलिसले दिएको १५६ रनको लक्ष्य पछ्याएको बागमती ८ विकेट गुमाएर १०५ रनमा सिमित हुन पुग्यो ।

बागमतीका लागि आदिल खानले २७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भए । रामनरेश गिरी २२ तथा रिजन ढकाल १५ रन बनाएर नटआउट रहे । पुलिसका लागी दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यसैगरी सागर ढकालले २ विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ गरको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रनको योगफल तयार गरेको थियो । पुलिसका पवनले सर्वाधिक ५९ रन बनाए । त्यस्तै दीलिप नाथले ३१, अनिल साहले २५ र आरिफ शेखले १२ रन जोडे । बागमतीका नन्दन यादव र रिजन ढकालले २–२ विकेट लिँदा प्रतिश जिसीको नाममा १ विकेट रह्यो ।

यसैबीच, दोस्रो सेमिफाइनल खेलमा अहिले दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । एपीएफ समूह ‘बी’ को विजेता टोली हो भने आर्मी समूह ‘ए’ को उपविजेता टोली हो ।